काठमाडौं । खेलको शुरुवात मै बनाएको अग्रतालाई अन्तिम समयसम्म जोगाउन सफल भएपछि काठमाडौं रेजर्स मंगलबार खुकुरी नेपाल सुपर लिगको शिर्ष तीनमा उक्लिन सफल भएको छ ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा रेजर्सले बुटवल लुम्बिनी एफसीमाथि १–० को साँघुरो जित निकाल्यो । खेल शुरु भएको पाँचौं मिनटमै स्टेफन बिनोङ्गले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
खेलमा रेजर्सका मार्की खेलाडी तथा गोलरक्षक बिकेश कुथु सुपर प्लेयर अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद २५ हजारका साथ ट्रफी र गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै रेजर्स कै सुदिल राईले इमर्जिङ प्लेयर बन्दै १० हजार हात पारे ।
यो जितसँगै ४ खेलबाट ७ अंक जोडेको काठमाडौं रेजर्सले लिगतालिकाको शिर्ष दुई टोली बिराटनगर सिटी एफसी र धनगढी एफसीसँग अंक बराबरी गर्न सफल भएको छ । उता पराजित बुटवल लुम्बिनी भने ५ अंकका साथ चौथो स्थानमा झरेको छ ।
सुपर लिग अन्तरगत बैशाख २२ गते बुधबारको एक मात्र खेल धनगढी एफसी र पोखरा थन्डर्सबीच हुने आयोजकले प्रकाशित गरेको खेलतालिकामा उल्लेख छ ।


- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न