News अन्ततः स्थगित भयो फुटसल लिग
गोलनेपाल

काठमाडौं । निकै तामझामका साथ घोषणासहित छनौट प्रतियोगिता समेत सम्पन्न भएको ए डिभिजन फुटसल लिग तत्कालका लागि स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि फुटसल लिग स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

हाल देशव्यापी रुपमा कोभिड–१९ को दोस्रो लहरले आम जनमानसमा प्रत्यक्ष असर पारिरहेकोले तत्काल खेलकुद गतिविधी गर्न नसकिने एन्फाले जनाएको छ ।

स्मरण रहोस, ए डिभिजन फुटसल लिग यहि जेष्ठ १ गतेदेखि पोखरामा शुरु हुने तय भएको थियो । लिगमा देशका साथ प्रदेशका कुल १० टोलीहरुले सहभागिता जनाउने पनि निश्चित भएको थियो ।

लिगको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख हात पार्ने पनि एन्फाले घोषणा गरेको थियो । साथै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको एन्फाले जनाएको थियो ।

 

 

Post Comments