News सी डिभिजन लिग छनौटः टिम दर्ता मिति थप, लिग मिति पनि सर्यो
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी महिना सञ्चालन गर्न लागेको शहिद स्मारक सी डिभिजन लिग छनौटका लागि टिम दर्ता मिति थप गरेको छ ।

एन्फाले सूचना जारी गर्दै बिभिन्न जिल्लाहरुबाट क्लबहरुले सम्पर्क गरिरहेको र टिम दर्ता अवधि थप गर्न आग्रह गरिरहेकोले सो मिति थप गरिएको एन्फाले जनाएको छ ।

यसअघि एन्फाले सी डिभिजन लिग छनौटका लागि टिम दर्ता मिति यहि श्रावण २५ गतेसम्मका लागि तोकेको थियो । तर अब नयाँ मिति अनुसार इच्छुक क्लबहरुले यहि श्रावण ३२ गते (मसान्त) सम्म टिम दर्ता गर्न सक्ने एन्फाले जनाएको छ ।

लिग शुरु हुने मिति पनि सर्यो

एन्फाले टिम दर्ताका लागि मिति थप गरेपछि सी डिभिजन लिग छनौट शुरु हुने मिति पनि सारेको छ । यसअघि भाद्र १ गतेदेखि लिग छनौट हुने बताइए तापनि अब लिग छनौट प्रतियोगिता भाद्र १० गतेदेखि शुरु हुनेछ ।

स्मरण रहोस, सी डिभिजन लिग छनौटमा सहभागिता जनाउने क्लबहरुमध्ये तीन क्लबहरु सी डिभिजनमा बढुवा हुने एन्फाले यसअघि नै बताईसकेको छ ।

एन्फाले निकालेको सूचना

Post Comments