
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य अभिषेक रिजालले यसै बर्ष हुने शहिद स्मारक ए डिभिजन लिग मच्छिन्द्र क्लबबाटै खेल्ने भएका छन् ।
रिजालले मच्छिन्द्रसँगै नयाँ सम्झौता गरेको कुरा क्लबले आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारी दिएको छ । क्लबले अभिषेकसँग गरेको आर्थिक सम्झौताबारे भने विस्तृत रुपमा खुलाइएको छैन ।
स्मरण रहोस, मच्छिन्द्रले गत सिजन लिग उपाधि जित्दा अभिषेक पनि क्लबका लागि महत्वपुर्ण सदस्य थिए । केही महिना अघि उनले चर्चित भारतीय आइ लिगमा एजवाल एफसीका लागि खेलेका थिए ।
मच्छिन्द्रले आइतबार मात्र राष्ट्रिय टोलीका अर्का महत्वपुर्ण सदस्य मनिष डाँगीलाई पनि अनुवन्ध गरेको कुरा आफ्नो सामाजिक सञ्जालमार्फत घोषणा गरेका थियो ।
यस बर्षको ए डिभिजन लिग आउँदो कार्तिक २९ गतेदेखि शुरु हुने एन्फाले जनाईसकेको छ । यसबर्षको लिग विजेताले उपाधिसहित नगद ७५ लाख हात पार्ने पनि एन्फाले घोषणा गरेको छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय