News
उदियमान घलान थ्रीस्टारमा आवद्ध
काठमाडौं । नेपाली फुटबलमा आशा लाग्दा खेलाडीका रुपमा उदाएका आयुष घलान आउँदो शहिद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबमा आवद्ध भएका छन् ।
घलानलाई अनुवन्ध गरेको कुरा थ्रीस्टारले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत समेत जानकारी गराएको छ । घलानले थ्रीस्टारको जर्सी नम्बर १९ लगाएर मैदानमा उत्रिने छन् ।
उमेर मात्र १८ बर्ष पुगेका घलानले विश्वकप छनौटतर्फ गत जुन ११ तारीखका दिन कुवेतमा भएको अष्ट्रेलिया विरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए ।
मिडफिल्डरको भूमिकामा आफूलाई निखारिरहेका घलानले केही महिना अघि सम्पन्न पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा पोखरा थन्डर्सका लागि समेत खेलेका थिए ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि