News रेफ्री निर्देशकमा एन्फाले नियुक्त गर्यो पूर्व भारतीय फिफा रेफ्री
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेफ्री निर्देशकमा भारतका गौतम करलाई नियुक्त गरेको छ । आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले करलाई एक कार्यक्रमका बीच स्वागत गरे ।

फुटबल रेफ्रीमा राम्रो अनुभव सँगालेका करले नेपालका सबै तहका रेफ्रीहरुको स्तर सुदृढ बनाउनुका साथै म्याच कमिश्नरहरुलाई पनि प्रशिक्षण दिने बताइएको छ ।

रेफ्रीको भूमिकामा चार दशक मैदानमा बिताएका गौतम पूर्व फिफा रेफ्री समेत हुन् । सन् १९९७ मा रेफ्री पेशाबाट अवकाश लिएका गौतमले त्यसपछि रेफ्री प्रशिक्षकको भूमिकामा पनि आफूलाई सक्रिय राखे ।

रेफ्री निर्देशकका रुपमा भारत र भुटानमा ९ बर्षको अनुभव सँगालेका गौतमले भारतमा व्यवसायीक रेफ्री कार्यक्रम ल्याउन अहम भूमिका खेलेका थिए ।

म्याच कमिश्नरको भूमिकामा पनि आफूलाई अनुभवी र पोख्त बनाएका गौतमलाई एन्फा एक बर्षका लागि नियुक्त गरिएको बताएको छ ।

Post Comments