News भारतीय डिफेन्डर सन्देश क्रोएशियन क्लबमा आवद्ध
गोलनेपाल

काठमाडौं (एजेन्सी) । भारतीय पुरुष फुटबल टोलीका महत्वपुर्ण सदस्य सन्देश झिंगनले एचएनके सिबेनिकबाट क्रोएशियाको शिर्ष लिग खेल्ने भएका छन् । सिबेनिकले सन्देशलाई अनुबन्ध गरेको कुरा बुधबार आफ्नो सामाजिक सञ्चालजमार्फत पुष्टी समेत गरेको छ ।

२८ बर्षिय यी सेन्टर ब्याक डिफेन्डरले मंगलबार मात्र सिबेनिकमा आफ्नो मेडिकल पास गरेका थिए । गत सिजन चर्चित भारतीय क्लब एटिके मोहन बगानबाट खेलेको सन्देशले बगानसँग पाँच बर्षको सम्झौता समेत गरेका थिए ।

मोहन बगानसँगको सम्झौतामा यदि सन्देशलाई बिदेशी क्लबबाट राम्रो प्रस्ताव आए बगानले उनलाई फुकुवा गर्नुपर्ने सहमति समेत बनेको थियो । जसकै फलस्वरुप क्रोएशियन क्लबबाट उनलाई प्रस्ताव आएपछि मोहन बगानले सन्देशलाई फुकुवा गरेको थियो ।

सन् २०१२ को अक्टुबरमा युनाइटेड सिक्किमका लागि खेल्दै व्यवसायीक क्लब फुटबलमा डेब्यु गरेका सन्देशले त्यसयता केरला ब्लास्टर्स, मुम्बई, मोहन बगान लगायतका चर्चित क्लबहरुबाट पनि खेले । देशका लागि पनि ४८ क्याप जितेका सन्देशले गत सिजन अल इण्डिया फुटबल फेडरेशनको पुरुष बर्ष खेलाडी समेत घोषित भएका थिए ।

रिपोर्टअनुसार क्रोएशियन क्लबले सन्देशलाई आउँदो नयाँ सिजनका लागि अनुवन्ध गरेको हो । तर त्यो सम्झौता क्लबले लम्ब्याउन सक्ने विकल्प पनि रहेको स्रोतले जनाएको छ । सिबेनिकले अहिलेसम्म क्रोएशियाको शिर्ष लिग जित्न सकेको छैन । यद्यपि सन् २००९–१० को सिजनमा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थान हासिल गरेको थियो ।

 

Post Comments