News भारतले नेपाल सँगको खेलको लागि यु २३ टोली पठाउन सक्ने !
गोलनेपाल

काठमाडौं । नेपालसँग दशरथ रंगशालामा हुने भनिएको भारत विरुद्धको मैत्रीपुर्ण फुटबल म्याचका लागि भारतले आफ्नो यु–२३ टोली पठाउने भएको छ । यो कुराको पुष्टी भारतका मुख्य प्रशिक्षक इगोर स्टिम्याकले पुष्टी गरेका छन् ।

स्टिम्याकले विभिन्न कारण देखाउँदै नेपाल विरुद्ध भिड्न यु–२३ टोली पठाउन लागेको र आफूहरुसँग त्यो बाहेक अन्य विकल्प नरहेको बताएका छन् । स्टिम्याक भन्छन्, “नेपाल जानुअघि अब हामीसँग केवल १०–१२ दिन मात्र बाँकी छ । हामीलाई अक्टुबरमा साफ च्याम्पियनसिप बाहेक एएफसी यु–२३ च्याम्पियनसिप पनि खेल्नुछ । जसले गर्दा पनि हामीसँग यु–२३ टोली नै विकल्पको रुपमा छ ।”

यस्तो अवस्थामा फुटबल म्याच खेल्नु र व्यवस्थापन गर्नु निकै कठिन हुने स्टिम्याकको बुझाई छ । उनी अगाडी भन्छन्, “यो अवस्थामा फुटबल म्याचहरु व्यवस्थापन गर्न निकै कठिन हुन्छ । अहिलेको अवस्था हेर्दा भारतमा कोही आउन चाहँदैनन् । यदि हामी देशबाहिर खेल्न गयौं भने त्यहाँ क्वारेन्टिनदेखि लिएर अन्य धेरै नियमहरु पालना गर्नुपर्ने हुन्छ । त्यसैले पनि हामीसँगै थोरै विकल्प मात्र छन् ।”

स्टिम्याकले आफूहरुले लिबिया र जोर्डनसँग खेल्ने कार्यक्रम रहेको पनि बताए । तर हालको महामारीका कारण विभिन्न देशहरुमा लागु भएको अनेक नियमहरुले गर्दा सो खेलहरु खेल्न असमर्थ रहेको समेत बताए ।

स्मरण रहोस, नेपालले भारतसँग यहि आउँदो सेप्टेम्बर २ र ५ तारीखका दिन दशरथ रंगशालामा दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्दैछ । लगतै अक्टुबरको शुरुवात मै साफ च्याम्पियनसिपतर्फ पनि नेपाल र भारत आमने सामने हुनेछन् ।

 

Post Comments