News साफ च्याम्पियनसिपको खेलतालिकामा संशोधन (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । माल्दिभ्समा आयोजना हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपको खेलतालिकामा हेरफेर गरिएको दक्षिण एसियाली फुटबल महासंघले जनाएको छ ।

यसअघि प्रतियोगिता अक्टुबर १ देखि १३ तारीखसम्म हुने बताइएको थियो । तर शनिबार संशोधित गरिएको नयाँ खेलतालिका अनुसार प्रतियोगिता अक्टुबर १ तारीखदेखि शुरु भई १६ तारीखसम्म चल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमै नेपालले साविक विजेता माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगिताको सबै खेलहरु माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा हुनेछन् ।

नेपालसहित माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेश गरि कुल ५ टोलीहरुको सहभागिता रहने प्रतियोगिता सिंगल राउण्ड रोबिन लिगका आधारमा हुनेछ । प्रतियोगिताको शिर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् ।

स्मरण रहोस, भुटानले अन्तिम समयमा आएर प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो भने पाकिस्तान हाल फिफाको प्रतिवन्धमा छ । उता नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।

हेर्नुहोस् संशोधित नयाँ खेलतालिकाः

 

Post Comments