News झापाले पायो एक्रोसको साथ
गोलनेपाल

काठमाडौं । पुर्वेली क्लब झापा एफसीले एक्रोस ट्राभल्स एण्ड टुर्सलाई आफ्नो आधिकारिक ट्राभल पार्टनरका रुपमा पाएको छ । नेपालको पहिलो नीजि फुटबल क्लब बनेको झापाले यहि भाद्र १० गतेदेखि शुरु हुन गईरहेको शहिद स्मारक सी डिभिजन लिग छनौट खेल्दैछ ।

मलेसियाको क्वालालम्पुरमा मुख्यालय रहेको एक्रोस ट्राभल्स एण्ड टुर्स त्यहाँ रहेका नेपाली समुदायबीच पछिल्लो १५ बर्षदेखि लोकप्रिय र विश्वासिलो ट्राभल एजेन्सीका रुपमा परिचित छ ।

झापा एफसीका उपाध्यक्ष तथा प्रवक्ता सुजन गौतमले एक्रोस ट्राभल्सलाई क्लबको आधिकारिक ट्राभल पार्टनरका रुपमा पाउँदा सबै खुशी र उत्साहित भएको प्रतिक्रिया दिए । उनले मोफसलका क्लबहरुलाई यस किसिमको सहयोग र सहकार्यले खेल क्षेत्रमा लाग्न थप हौसला मिल्ने बताए ।

उता एक्रोस ट्राभल्सका निर्देशक मन्दिप भट्टराईले जानकारी दिए अनुसार नेपालमा रहेको आइएमई ट्राभल्स एक्रोसको आधिकारिक साझेदार कम्पनी भएकोले झापा एफसीको यातायात व्यवस्थापनमा आफूहरुले सहकार्य गरेको बताए ।

स्मरण रहोस, झापा एफसीले हालै नेपाल सुपर लिग खेल्ने क्लब एफसी चितवनसँग ऐतिहासिक रणनीतिक साझेदारी गरेको थियो । एफसी चितवन नेपालको आइएमई ग्रुप कै स्वामित्वमा छ ।

Post Comments