
कलैया । बालबालिकालाई सानै उमेरदेखि फुटबलको अभ्यास र आधारभुत ज्ञान दिने उद्देश्यले सहयोगी फुटबल क्लब, कलैया, बाराले ग्रासरुट फुटबल कार्यक्रमको शुरुवात गरेको छ ।
कलैया–१ बारा स्थित श्री ३ चन्द्र उच्च माविको खेलमैदानमा हरेक शनिबार साप्ताहिक रुपमा आयोजना गर्ने गरि शुरु गरेको ग्रासरुट कार्यक्रमले अहिलेसम्म चार साता पूरा गरिसकेको सहयोगी क्लबका महासचिव रियाजुल इस्लामले बताए ।
कार्यक्रममा ८ देखि १३ बर्षसम्म उमेर समूहका ५०–६० बालबालिकाहरुले साप्ताहिक रुपमा उत्साहजनक रुपमा सहभागिता जनाईरहेको महासचिव इस्लामले बताए । उनले यो कार्यक्रमलाई निरन्तर जारी राख्ने क्लबको योजना रहेको समेत बताए ।
उता सहयोगी क्लबका अध्यक्ष बिनोद कुमार गुप्ताले पनि ग्रासरुट फुटबललाई क्लबको आधारभुत कार्यक्रमका रुपमा नै अगाडी लैजाने बताए । उनले क्लबको आफ्नै बजेटमा कार्यक्रमको शुरुवात गरेको चर्चा गर्दै यसलाई सधै निरन्तरता दिने पनि बताए ।
क्लबले स्थानीय स्तर मै बालबालिकाहरुलाई प्रशिक्षण गराएर उनीहरुलाई फुटबलमा अभ्यस्त बनाई राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य लिएको समेत अध्यक्ष गुप्ताले बताए ।
- प्रथम डुमरवाना भेट्रान कपको तयारी पूरा (खेलतालिकासहित)
- राष्ट्रिय यु–१९ खेलाडी समिर गृहजिल्लामा सम्मानित
- फ्रिडम फाइटर भेट्रान क्लबलाई तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटबल प्रतियोगिताको उपाधी
- तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल : आज अन्तिम सेमिफाईनल खेल हुने, पर्सा र कास्की भिड्दै
- तेस्रो सिमरा भेट्रान कपको तयारी पूरा (खेलतालिकासहित)