News अनुभवी फरवार्ड अली अशफाकसहित माल्दिभ्सको प्रारम्भिक टोली घोषणा
गोलनेपाल

काकठमाडौं (एजेन्सी) । प्रतिष्ठित साफ च्याम्पियनसिपको १३औं संस्करणका लागि डिफेन्डिङ च्याम्पियन माल्दिभ्सले आफ्नो प्रारम्भिक टोली घोषणा गरेको छ ।

अली सुजैनको मुख्य प्रशिक्षकीय जिम्मेवारीमा रहेको माल्दिभ्सले सोमबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । टोलीमा अनुभवी तथा स्टार फरवार्ड अली अशफाक पनि सामेल छन् ।

प्रारम्भिक टोलीमा गत संस्करणको फाइनलमा भारत विरुद्ध गोल गर्ने इब्राहिम हुसेन र अली फसिर पनि परेका छन् । त्यस्तै गत संस्करणको साफमा सर्वोत्कृष्ट खेलाडी चुनिएका मोहम्मद फैजल पनि प्रारम्भिक टोलीमा छन् ।

स्मरण रहोस, गत संस्करणको फाइनलमा माल्दिभ्सले भारतलाई २–१ ले हराउँदै दोस्रो साफ च्याम्पियनसिप जितेको थियो । यस बर्ष आगामी अक्टुबर १ तारीखदेखि माल्दिभ्स मै शुरु हुन गईरहेको साफ च्याम्पियनसिपको उद्घाटन खेलमै नेपाल र माल्दिभ्स भिड्दै छन् ।

माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा भिड्ने छन् । फाइनल खेल अक्टुबर १६ तारीखका दिन हुनेछ ।

प्रतियोगितामा नेपाल, माल्दिभ्स सहित भारत, बंगलादेश र श्रीलंका रहेका छन् । भुटानले भने अन्तिम समयमा आएर नाम फिर्ता लिएको थियो । त्यस्तै पाकिस्तान फिफाको प्रतिव्न्धमा छ ।

Post Comments