News सी डिभिजन लिग छनौटको खेलतालिका परिमार्जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिताको खेलतालिकामा परिमार्जन गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार परिमार्जित नयाँ खेलतालिका सार्वजनिक समेत गरेको छ ।

परिमार्जित खेलतालिका अनुसार अब लिग छनौट प्रतियोगिता आउँदो असोज २३ गतेसम्म चल्नेछ । अर्थात् नेपालीहरुको महान चाड दशैं अगाडी नै सी डिभिजन लिग छनौटका खेलहरु सम्पन्न हुनेछन् । स्मरण रहोस, यस बर्षको दशैं असोज २१ गते (घटस्थापना) देखि शुरु हुँदैछ । टिका भने असोज २९ गते परेको छ ।

यसअघि एन्फाले भाद्र १० गतेदेखि शुरु भई कार्तिक १२ गतेसम्म चल्ने खेलतालिका सार्वजनिक गरेको थियो । यद्यपि त्यो खेलतालिकाले उपत्यका बाहिरबाट आउने टोलीहरुलाई कठिनाई हुने देखिएपछि खेलतालिका परिमार्जन आवाज समेत उठेको थियो । खासगरी दुई महिनासम्म काठमाडौं मै रहनुपर्दा मोफसलका क्लबहरुलाई असहजताका साथै आर्थिक भार पर्ने देखिएपछि खेलतालिका परिमार्जन गरिएको धेरैको बुझाई छ ।

७८ टोलीहरुमो तीनको बढुवा

सी डिभिजन लिग छनौटका लागि कुल ७८ टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । सहभागि टोलीहरुलाई २६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा प्रवेश गर्ने टोलीहरुलाई पनि तीन समूहमा विभाजन गरिएको छ । साथै प्रत्येक समूहबाट एक–एक टोली गरी तीन टोलीहरु सी डिभिजनमा बढुवा हुनेछन् ।

हेर्नुहोस परिमार्जित खेलतालिकाः

Post Comments