News सी डिभिजन छनौट र एन्फालाई ‘हाम्रो फुटबल नेपाल’को साथ
गोलनेपाल

काठमाडौं । बिहीबारदेखि शुरु हुन गईरहेको शहिद स्मारक सी डिभिजन लिग छनौटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई नेपाली फुटबललाई समर्थन गनेै एक समूहले साथ दिने भएको छ ।

हाम्रो फुटबल नेपाल नामक फुटबल समर्थकहरुको एक समूहले एन्फालाई शहिद स्मारक सी डिभिजन छनौटमा आवश्यक सहयोग गर्न बुधबार एक कार्यक्रमका बीच दुवैबीच सहमति पनि बन्यो ।

एन्फा कम्प्लेक्समा आयोजित सम्झौता कार्यक्रममा एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर तथा हाम्रो फुटबल नेपालका तर्फबाट अध्यक्ष कृष्ण गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेर आदानप्रदान गरे ।

सहमतिअनुसार हाम्रो फुटबल नेपालले सी डिभिजन छनौट अवधिभर शुद्ध पिउने पानीका साथै ‘प्लेयर अफ द म्याच’ ट्रफीहरु एन्फालाई उपलब्ध गराउनेछ । साथै प्रतियोगिता अवधिभर अन्य आवश्यक सहयोगहरु पनि गर्ने दुवै पक्षबीच सहमति बनेको छ ।

बिहीबारदेखि शुरु हुन गईरहेको छनौट प्रतियोगितामा ७८ टोलीहरुले सहभागिता जनाउँदै छन् । असोज २३ गतेसम्म चल्ने प्रतियोगिताबाट तीन टोलीहरु सी डिभिजनमा बढुवा हुनेछन् ।

Post Comments