News भारतको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । नेपाल विरुद्धको मैत्रीपुर्ण खेल र साफ च्याम्पियनसिपको तयारीका लागि हाल कोलकातामा रहेको भारतीय फुटबल टोलीले आफ्नो प्रदर्शनी खेलमा लगातार दोस्रो जित हात पारेको छ ।

एक साता अघि इण्डियन फुटबल एसोसिएशन (आईएफए)–११ लाई शुन्यका विरुद्ध १ गोलले हराएको भारतले बिहीबार सम्पन्न दोस्रो खेलमा चर्चित आई लिग क्लब मोहम्मदन स्र्पोटिङ क्लबलाई २–० ले हरायो । कोलकाता स्थित साल्ट लेक स्टेडियममा भएको खेलमा भारतका लागि फारुख चौधरी इशान पण्डिताले गोल गरे ।

नेपाल विरुद्ध खेल्ने तयारीमा भारत

भारतले नेपालसँग यहि आउँदो सेप्टेम्बर २ र ५ तारीखका दिन दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्दैछ । भारतका मुख्य प्रशिक्षक इगोर स्टिम्याकले नेपाल विरुद्ध खेल्न आफ्नो यु–२३ टोलीलाई ल्याउने आशय व्यक्त गरिसकेका छन् । यसको अर्थ भारतीय टोलीमा अधिकांश सिनियर खेलाडीहरु नहुने अनुमान गरिएको छ ।

नेपालले भारतसँग दुई मैत्रीपुर्ण फुटबल म्याच खेलेपछि सेप्टेम्बर १० तारीखका दिन बन्द्र प्रशिक्षणका लागि कतार जानेछ । त्यस्तै कतारबाटै साफ च्याम्पियनसिपका लागि नेपाली टोली सेप्टेम्बर २७ तारीखका दिन माल्दिभ्स प्रस्थान गर्नेछ ।

(तस्विरः इण्डियन फुटबल टिम)

Post Comments