News बिशाल मच्छिन्द्र कै लागि खेल्ने
गोलनेपाल

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले आफ्ना भरपर्दा मिडफिल्डर बिशाल राईसँगको सम्झौता थप नवीकरण गरेको छ । क्लबले राईसँग सम्झौता नवीकरण गरेको कुरा बिहीबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत घोषणा गर्यो ।

मच्छिन्द्रलाई गत सिजन लिग च्याम्पियन बनाउन अहम भूमिका खेलेका बिशालले यस सिजन पनि क्लबका लागि लिगमा महत्वपुर्ण छाप छोड्ने विश्वास क्लबले गरेको छ । क्लबले यसअघि गोलरक्षक बिशाल श्रेष्ठ, सुजल श्रेष्ठ, रन्जित धिमाल, देवेन्द्र तामाङ, रेजिन सुब्बा र अभिषेक रिजालजस्ता केही महत्वपुर्ण खेलाडीहरुसँगको सम्झौता पनि नविकरण गरिसकेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आउँदो कार्तिक २९ गतेदेखि शहिद स्मारक ए डिभिजन लिग शुरु हुँदैछ । यसपटक लिगविजेताको पुरस्कार रकममा पनि बृद्धि गर्दै ७५ लाख पुर्याइएको छ । लिगका उपाधिका लागि १४ टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

Post Comments