News नेपाल र भारत कृत्रिम प्रकाशमा भिड्ने
गोलनेपाल

काठमाडौं । नेपाल र भारतबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचको खेल समय घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सो म्याचको खेल समय मंगलबार घोषणा गरेको हो ।

एन्फाका कार्यसमिति सदस्य रुपेश अधिकारीका अनुसार नेपाल र भारत बीचको खेल नेपाली समयअनुसार बेलुका ५ः३० बजेदेखि शुरु हुने बताए । एन्फाले दुवै खेल दशरथ रंगशालामा हुने यसअघि नै बताइ सकेको छ ।

मैत्रीपुर्ण फुटबल म्याचका लागि सुनिल क्षेत्रीको कप्तानीमा भारतीय फुटबल टोली सोमबार नै काठमाडौं आइसकेको छ । साथै भारतीय टोलीले मंगलबारदेखि अभ्यास पनि शुरु गरिसकेको छ ।

स्मरण रहोस, नेपाल र भारतबीचको पहिलो मैत्रीपुर्ण खेल भदौ १७ गतेका दिन हुनेछ भने दोस्रो मैत्रीपुर्ण फुटबल म्याच भदौ २० गतेका दिन हुने एन्फाले जनाएको छ ।

मैत्रीपुर्ण फुटबल म्याचका लागि आवश्यक तयारी पनि पूरा भईसकेको एन्फाले जानकारी दियो । साथै एन्फाले सो मैत्रीपुर्ण फुटबल म्याचमा दर्शकहरुलाई प्रवेश गराउने वा नगराउने बारे बुधबार मात्र जानकारी गराउने बताएको छ ।

नेपाल र भारत हाल दुवै टोली आगामी अक्टुबरको शुरुवातदेखि शुरु हुन गईरहेको साफ च्याम्पियनसिपको तयारीमा छन् । साफ च्याम्पियनसिपको १३औं संस्करण अक्टुबर १ तारीखदेखि माल्दिभ्समा शुरु हुँदैछ ।

Post Comments