News
चेन्चोले फेरि इण्डियन सुपर लिग खेल्ने
काठमाडौं (एजेन्सी) । ‘भुटानी रोनाल्डो’को उपनाम पाएका भुटानका स्टार फरवार्ड चेन्चो ग्याल्सेनले फेरि दोस्रोपटक चर्चित इण्डियन सुपर लिग (आइएसएल) खेल्ने भएका छन् ।
चेन्चोलाई केरला ब्लास्टर्सले नयाँ सिजनका लागि अनुवन्ध गरेको हो । स्मरण रहोस, गत बर्ष चेन्चोले नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङसँगै राउण्डग्लास पञ्जाब एफसीबाट हिरो आई लिग खेलेका थिए ।
२५ बर्षिय चेन्चोको इण्डियन सुपर लिगमा यो दोस्रो सहभागिता हुनेछ । यसअघि उनले सन् २०१८ मा बैंगलुरु एफसीका लागि सुपर लिगमा खेलेका थिए ।
भुटानको राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका चेन्चोले केरलासँग एक बर्षका लागि नयाँ सम्झौता गरिएको बताइएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै