News नेपाल र भारतबीचको खेल दर्शकहरुले रंगशाला मै गएर हेर्न पाउने
गोलनेपाल

काठमाडौं । नेपाल र भारतबीच हुने दुई मैत्रीपुर्ण फुटबल म्याचमा दर्शकहरुले पनि प्रवेश पाउने भएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा) ले गराएको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले पत्रकार सम्मेलनमा बोल्दै वर्तमान परिस्थतिमा पनि नेपाल सरकारबाट दर्शक प्रवेशका लागि अनुमति प्राप्त भएकोले रंगशालामा ५१ सय दर्शकहरुलाई प्रवेश दिइने उनले बताए ।

यद्यपि अध्यक्ष शेर्पाले स्टेडियम भित्र प्रवेश गर्नका लागि दर्शकहरुले आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आएको वा कोभिड–१९ विरुद्धको दुई डोज खोप लगाएको सम्बन्धित कागजपत्र वा प्रमाण प्ेश गर्नुपर्नेछ ।

त्यस्तै सो म्याच हेर्नका लागि दर्शकहरुलाई टिकट भने विद्युतिय माध्यमबाट खरिद गर्ने व्यवस्था मिलाइएको समेत अध्यक्ष शेर्पाले पत्रकार सम्मेलनमा जानकारी गराए ।

स्मरण रहोस, नेपाल र भारतबीच यहि भदौ १७ र २० गतेका दिन दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच हुँदैछ । दशरथ रंगशालामा हुने सो खेलहरु नेपाली समयअनुसार बेलुका ५ः३० बजेदेखि शुरु हुने एन्फाले घोषणा गरिसकेको छ ।

Post Comments