News नवीनको बुबाआमाको उपचारमा सन्तोष शाहुखलको सहयोग
गोलनेपाल

पूर्वअन्तरराष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखलले क्यान्सरको उपचार गराइरहेका नवीन न्यौपानेका बुबाआमाको उपचारको लागि ५३ हजार रुपैया“ सहयोग गरेका छन् ।

थ्रीस्टार, एपीएफ, मनाङमस्र्याङदी र च्यासल क्लबबाट खेलेका सन्तोष सन् २०१५ यता जापानमै बसोबास गर्छन् । उनले पठाएको उक्त रकम उनका दाइ बालगोपाल साहुखलले बुधबार नवीनलाई हस्तान्तरण गरे ।

त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्ष्ँकको रुपमा कार्यरत नवीनले २०६८ सालमा मनाङमा सन्तोषसगै खेलेका थिए । नवीनले २०६४–६५ मा एनआरटीबाट बालगोपालसग पनि खेलेका थिए ।

‘बाआमाको स्वस्थ्य अहिले राम्रो भइरहेको छ,’ नवीनले भने, ‘यसक्रममा धेरैले सहयोग गरेका छन् । यसले जिन्दगी नै फुटबलमा बिताएर राम्रै गरेछु भन्ने लागिरहेको छ । सन्तोषसहित सबैलाई धन्यवाद ।’

सन्तोषले जापानको गैरसरकारी संस्था रियाले वल्र्ड एनपीओको लागि ‘रोल मोडल’ को रुपमा व्यावसायिक खेलाडी बन्न चाहने बालबालिकाहरूलाई फुटबल प्रशिक्ष्ँण दिनेसगै गाइड पनि गरिरहेका छन् ।

उनले स्वदेश फर्केर पछिल्ला दुई सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग च्यासल युवा क्लबबाट खेलेका थिए । त्यसक्रममा उनी ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो भए।

Post Comments