News किरनलाई किर्तिमान रच्ने अवसर
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा नम्बर एक गोलरक्षक किरन चेम्जोङलाई भारत विरुद्धको खेल व्यक्तिगत रुपमा पनि उति नै महत्वपुर्ण देखिएको छ ।

नेपालले भारत विरुद्धको दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्दै गर्दा किरन भने इतिहास र किर्तिमान बनाउनेतर्फ पनि उन्मुख हुनेछन् । अर्थात् नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय म्याच खेल्ने खेलाडी बन्ने छन् ।

किरनले हालसम्म नेपालको राष्ट्रिय जर्सीमा ७२ क्याप जितेका छन् । साथै उनी किर्तिमान बनाउनबाट केही घण्टा मात्र टाढा छन् । आज किरनले भारत विरुद्ध खेल्दा नेपालका लागि उनको त्यो ७३औं म्याच हुनेछ । जुन नेपालका पूर्व कप्तान बिराज महर्जनले बनाएको सर्वाधिक म्याचको किर्तिमानको बराबरी पनि हुनेछ ।

त्यस्तै २० गतेका दिन हुने दोस्रो मैत्रीपुर्ण फुटबल म्याचमा भने किरनले बिराजको त्यो किर्तिमान तोड्न सफल हुनेछन् । र नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्ने खेलाडी बन्ने छन् ।

Post Comments