News यात्रा ग्रुप भरतपुरलाई खेलकुद सामाग्री सहयोग
गोलनेपाल

यात्रा ग्रुप भरतपुरलाई युवा व्यवसायी तथा क्याप्सल फार्मेसीका सञ्चालक ईश्वर रिमालले खेलकुद सामाग्री सहयोग गरेका छन् ।

रिमालले जर्सीसहित अन्य बिभिन्न खेल सामाग्री समयोग गरेका हुन् । आज (बिहीबार) एक कार्यक्रमकाबीच रिमालले उक्त खेलकुद सामाग्री यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै रिमालले खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि खेल सामाग्री सहयोग गरिएको बताए । खेलाडीको देशको पहिचान भएको भन्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यात्रा ग्रुपका अध्यक्ष कार्कीले यस्ता सहयोगले खेलाडीको मनोवल बढ्ने बताए । यसरी नै आवश्यक खेल सामाग्री सहयोग गरेर सबैले खेलाडीलाई खेल्ने अनुकुल वातारण सृजना गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा यात्रा ग्रुपका उपाध्यक्ष सन्तोष कुमाल, कोषाध्यक्ष संजोग गुरुङ, खेलाडीहरु लगायतको उपस्थिति थियो ।

Post Comments