News आज ऐतिहासिक उपलब्धीको संघारमा किरन
गोलनेपाल

काठमाडौं । नेपालले आज भारत विरुद्ध अन्तिम तथा दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्दैछ । गत बिहीबार भएको पहिलो मैत्रीपुर्ण दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

आजको खेलमा नेपालका नम्बर एक गोलरक्षक तथा कप्तान किरन चेम्जोङलाई ऐतिहासिक उपलब्धी हासिल गर्ने सुनौलौ अवसर छ । किरनले आज भारत विरुद्धको मैत्रीपुर्ण म्याच खेल्दै नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्ने खेलाडी बन्ने छन् ।

यसअघि यो उपलब्धी पूर्व कप्तान तथा डिफेन्डर बिराज महर्जनको नाममा थियो । बिराजले नेपालका लागि कुल ७३ क्याप जितेका थिए । यद्यपि बिराजको त्यो उपलब्धी किरनले बिहीबार भारत विरुद्धको पहिलो खेलमै बराबरी गर्न सफल भईसकेका छन् ।

आज नेपालका लागि मैदानमा उत्रिदा किरनको त्यो देशका लागि ७४ इन्टरनेशनल क्याप हुनेछ । जुन नेपाली फुटबल र स्वय किरनका लागि पनि विशेष बन्ने निश्चित छ ।

Post Comments
Advertisement Yamaha Nepal