काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुला अल्मुतारीले आइतबार भारतसँगको हारका बावजुद टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।
आइतबार दशरथ रंगशालामा भएको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचमा नेपालले भारतसँग १–२ को हार बेहोरेको थियो । खेलपश्चात प्रक्रिया दिने क्रममा प्रशिक्षक अल्मुतारीले मैत्रीपुर्ण म्याचमा हारलाई स्वभाविक रुपमा लिनुपर्ने जिकिर गरे ।
दोस्रो खेलमा भारतसँगको हारबाट कुनै गुनासो नरहेको बताउँदै अल्मुतारीले टिम र खेलाडीहरुको प्रदर्शनबाट आफू खुशी र सन्तुष्ट रहेको बताए । साथै उनले आफ्नो मुख्य लक्ष्य आगामी महिना हुने साफ च्याम्पियनसिप नै रहेको समेत दोहोर्याए ।
नेपाली टोली अब कतार जाने
मैत्रीपुर्ण खेल सकिए लगतै अब नेपाली फुटबल टोली यहि भदौ २५ गते शुक्रबारका दिन कतार प्रस्थान गर्नेछ । नेपालले त्यहाँ बन्द प्रशिक्षणसहित केही अभ्यास खेल खेल्ने सम्भावना पनि छ ।
साथै कतारबाटै नेपाली टोली साफ च्याम्पियनसिपका लागि माल्दिभ्स प्रस्थान गर्नेछ । अक्टुबर १ तारीखदेखि माले सिटीमा शुरु हुन गईरहेको साफमा नेपालले उद्घाटन खेलमै आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै