News
सबिता र प्रीतिको गोलमा नेपाललाई दोब्बर अग्रता

नेपालले बगलादेश विरुद्धको पहिलो मैत्रीपुर्ण खेलमा अग्रता दोब्बर बनाएको छ ।
खेलको १४ अाै मिनेटमा सबिताले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन । उनले बिमला चौधरीको क्रसलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरेकी हुन् । यस्तै खेलको २२ अाै मिनेटमा सरुको पासलाई नै सदुपयोग गर्दै प्रीतिले अग्रता दोब्बर बनाइन । उनिहरुले आफ्नो पहिलो डेब्यु खेलमा गोल गरेका हुन् ।
बगलादेश विरुद्धको मैत्रीपुर्ण खेलमा नेपालको तर्फबाट सबिता र प्रीतिले डेब्यु गरेका थिए ।
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बगलादेशसग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । यस्तै नेपाल र बगलादेश बिचको दोस्रो मैत्रीपुर्ण खेल आइतबार हुनेछ ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)