News सहाराको रक्तदान कार्यक्रम सम्पन्न
सुदर्शन रञ्जित

पोखरा । छोटो समय मै फुटबलसँगै सामाजिक कार्यमा लागेर चर्चा कमाएको पोखराको सहारा क्लवले आयोजना गरेको खुल्ला रंक्तदान कार्यक्रमबाट ५५ यूनिट रंक्त संकलन भएको छ । क्लबको २३औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा ३ जना महिला सहित ५५ जनाले रक्तदान गरेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाले उक्त कार्यक्रमको उद्घाटन गर्दै क्लवले कोभिडको विसम परिस्थितीमा पनि रंक्तदान कार्यक्रमलाई निरन्तरता दिएकोमा खुसि व्यक्त गर्दै पोखरा क्षेत्रमा खेलकुद र सामाजिक क्षेत्रमा क्लवको पुराएको योगदानको प्रशंसा गरे । क्लवका सचिव सचिन राना मगरलाई अध्यक्ष बानियाले व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

क्लवका अध्यक्ष केशब बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लवका मानार्थ सदस्य महेश गुरुङ, सल्लाहकार एवं पृथ्बी राजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसी, क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, कार्यक्रम संयोजक गंगाराज पौडेल लगायतले मन्तव्य दिएका थिए ।

सहारा उत्कृष्ट सदस्य हिराचन

यसैबिच, यस बर्षको सहारा उत्कृष्ट सदस्यबाट राम प्रसाद हिराचन सम्मानित हुने भएका छन् । पोखराको सहारा क्लवको २३औं बार्षिकोत्सवको अवसरमा यही भदौं ३० गते हिराचनलाई सम्मान गरिने क्लवले जनाएको छ ।

हिराचनले सहारा क्लव सहित सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दै क्लवले सम्मानपत्रको साथमा दोसला ओढाएर सम्मान गर्ने भएको हो । मुस्ताङ मार्फाका हिराचन विगतका बर्ष देखि पोखरा ९ मा बस्दै आएका छन भने २०५७ साल देखि सहारा क्लवमा आबद्ध छन् ।

विनु राना मगरको संयोजकत्वमा गठित उपसमितिले उनलाई सम्मान गर्ने गरेको सिफारिसको आधारमा क्लवले अनुमोदन समेत गरेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । अन्य सदस्यमा भने तिलक बहादुर क्षेत्री र ज्योती केसी रहेका छन् ।

यही भदौं ३० गते यस बर्षको खेलकुद पत्रकारिता पुरस्कार २०७७ बाट दीपक परियारलाई पनि पुरस्कृत गरिने भएको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए ।

 

Post Comments