News आयोजकको जितमा तिर्थको निर्णायक गोल
गोलनेपाल

सुकचर । तिर्थ बस्नेतले निर्णायक गोल गरेपछि आयोजक नव युवा क्लब सुकचर ११, मोरङ जारी प्रथम सुकचर च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा आयोजक नव युवाले इनरुवा एफसी, सुनसरीलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

बुढिगंगा खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको २५औं मिनटमा तिर्थ बस्नेतले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्णायक गोलकर्ता बस्नेत खेलको म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत भाद्र ३० गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल गोल्डेन स्टार युथ क्लब, सुनसरी र औराबनी फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

नव युवा क्लब सुकचर ११, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल भने असोज ४ गतेका दिन हुनेछ ।

Post Comments