News समूह विजेता बन्दै बुद्धभूमि दोस्रो चरणमा
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिग छनौट खेलिरहेको रुपन्देहीको एक्लो टोली बुद्धभूमि फुटबल एकेडेमी लगातार दोस्रो जित हात पार्दै छनौट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

शुक्रबार भएको समूह एमतर्फको अन्तिम खेलमा बुद्धभूमिले चिवाहाल युथ क्लबलाई २–१ ले हराउँदै समूह विजेताका रुपमा दोस्रो चरणको यात्रा तय गर्न सफल भएको हो । बुद्धभूभिले आफ्नो पहिलो खेलमा सानो गौचरन युवा क्लबलाई ३–० ले हराएको थियो ।

स्मरण रहोस, चिवाहालले पनि आफ्नो पहिलो खेलमा सानो गौचरनमाथि समान ३–० को जित निकाले तापनि शुक्रबारको नतिजा टोलीका लागि दुर्भाग्यपुर्ण बन्न पुग्यो ।

 

Post Comments