News फुटबलका लागि बागमती प्रदेशको एक करोड
बिक्रम बानियाँ क्षेत्री

बागमती प्रदेश खेलकुद विकास परिषद र अखिल नेपाल फुटबल संघ बीच दुईवटा प्रतियोगिता सन्चालनका लागि एक करोड रकम संझौता भएको छ ।

प्रदेश खेलकुद परिषदको बार्षक कायएृक्रम अन्तर्गत विनियोजन भएको रकमबाट शहीद स्मारक ए डिभिजन लिगका लागि ५० लाख र प्रदेश लिग फुटबलका लागि ५० लाख रकम प्रदेश खेलकुद परिषदले उपलव्ध गराउने गरि संझौता भएको हो ।

समाजिक विकास मन्त्री विजय सुवेदीको उपस्थितिमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले संझौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा मन्त्रलायका सचिव यज्ञ प्रसाद ढुंगेलले नेपाली खेलकुद क्षेत्रको विकासमा यो सझौता ऐतिहासिक हुने दावी गर्नुभयो ।

Post Comments