News जित नजिक पुगेर हार्यो नेपाल
गोलनेपाल

काठमाडौं । एएफसी वुमन्स एसियन कप छनौट खेल्न उज्वेकिस्तान रहेको नेपाली महिला फुटबल टोलीले आफ्नो पहिलो खेलमा जित नजिक पुगेर पनि फिलिपिन्ससँग १–२ ले पराजित हुन पुगेको छ ।

उज्वेकिस्तानको राजधानी तश्केन्टमा सम्पन्न समूह एफतर्फको आफ्नो पहिलो खेलमा नेपालले फिलिपिन्स विरुद्ध लिएको शुरुवाती अग्रता अन्तिम समयको केही मिनट जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

जार स्टेडियममा सरु लिम्बुको पासमा बिमला चौधरीले १०औं मिनटमै हेड गोल गर्दै नेपाललाई खेलमा अग्रता दिलाएकी थिईन् । तर नेपालको त्यो अग्रता अन्तिम समयसम्म रहेन ।

खेलको ९०औं मिनटमा तन्हाई एनीसले फिलिपिन्सका लागि बराबरी गोल फर्काईन भने त्यसको एक मिनट लगतै केमिली विल्सनले दोस्रो गोल थप्दै फिलिपिन्सको रोमाञ्चक जित पक्का गरिन् ।

नेपालले आफ्नो दोस्रो खेल मंगलबार हङकङसँग खेल्नेछ । समूहको शिर्ष टोली आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपका लागि छनौट हुनेछ ।

Post Comments