News किरनलाई नेपाल सरकारको प्रतिष्ठित सम्मान
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङलाई संविधान दिवसको अवसर पारेर नेपाल सरकारले प्रतिष्ठित प्रवल जनसेवा श्री पदकबाट विभुषित गर्ने भएको छ ।

सरकारले विभिन्न ९०३ जना व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा यो सूचीमा फुटबलका कप्तान किरन पनि परेका हुन् । किरन हाल माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि कतारको दोहामा बन्द प्रशिक्षणमा छन् ।

किरन कै कप्तानीमा नेपालले घरमै सम्पन्न किर्गिस्तान र बंगलादेश सम्मिलित ट्राई नेशन्स सिरिज फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । देशका लागि महत्वपूणर् प्रदर्शन गर्दै आइरहेका किरन नेपालका नम्बर एक गोलरक्षक समेत हु्न् ।

किरनले हालै भारत विरुद्ध दुई मैत्रीपुणर् फुटबल म्याच खेल्दै नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्ने किर्तिमान पनि आफ्नो नाममा गराएका थिए ।

क्रिकेटका कप्तान ज्ञानेन्द्रलाई पनि सम्मान

त्यस्तै सरकारले क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि प्रवल जनसेवा श्रीबात विभुषित गर्ने भएको छ । त्यसबाहेक नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द, तेक्वान्दोका कोरियन प्रशिक्षक वान योङ डाल, तेक्वान्दो खेलाडी आयशा शाक्य, पारा खेलाडीहरु हिमाल अर्याल र केशव थापा पनि प्रवल जनसेवा श्रीबाट सम्मानित हुने भएका हुन् ।

ती सबै विभुषित हुनेहरुले आगामी बैशाख १ गतेका दिन विशेष कार्यकाmका बीच सम्मान ग्रहण गर्नेछन् ।

Post Comments