News बंगलादेशको फराकिलो हार
गोलनेपाल

काठमाडौं । एएफसी वुमन्स एसियन कप छनौट खेल्न उज्वेकिस्तान मै रहेको अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशको महिला फुटबल टोलीले आफ्नो पहिलो खेलमा फराकिलो हार बेहोरेको छ ।

समूह जी मा रहेको बंगलादेशले आइतबार तश्केन्ट स्थित मिली स्टेडियममा भएको पहिलो खेलमा बलियो जोर्डनसँग ५–० को हार बेहोरेको छ । बंगलादेशले आफ्नो दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ ।

स्मरण रहोस, छनौट प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोली पनि तश्केन्ट मै छ । नेपालले शनिबार मात्र फिलिपिन्ससँग २–१ को हार बेहोरेको थियो । आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार हङकङसँड भिड्दैछ ।

प्रत्येक समूहको शिर्ष टोली आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपका लागि छनौट हुनेछ ।

Post Comments