News दुई पोखरेली क्लबको रोमाञ्चक जित
उमेश पुन

पोखरा । जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा दुई पोखरेली टोली सबिन मेमोरियल एफसी र स्पोर्टस क्यासलले रोमाञ्चक जित दर्ता गरेका छन् ।

पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको पहिलो खेलमा सबिन मेमोरियलले मच्छिन्द्र स्काई गोल्सलाई ३–२ ले हरायो । खेलमा सबिन मेमोरियलका अविनाश तामाङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा स्पोर्टस क्यासलले ढुकु फुटसल हबमाथि ४–३ को जित निकाल्यो । सो खेलमा स्पोर्टस क्यासलका खिमराज गुरुङ म्यान अफ द म्याच घोषित भए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी फुटसल लिगमा देशभरिबाट छनौट भएका उत्कृष्ट १० टोलीहरुले सहभागिता जनाईरहेका छन् । असोज २२ गतेसम्म प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments