
काठमाडौं । एएफसी एसियन वुमन्स कप छनौट प्रतियोगितामा दुर्भाग्यपुर्ण रुपमा समुह चरणबाटै बाहिरिएको नेपाली महिला फुटबल टोली बिहीबार उज्वेकिस्तानबाट स्वदेश फर्किएको छ । नेपाली महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरुले स्वागत गरेका थिए ।
स्मरण रहोस, उज्वेकिस्तानको तश्केन्टमा भएको समूह एफतर्फको छनौट प्रतियोगितामा नेपालले बलियो फिलिपिन्स र हङकङसँग खेलेको थियो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग जित नजिक पुगेर पनि अन्तिम समयमा २–१ ले पराजित हुन पुगेको थियो भने दोस्रो खेलमा हङकङसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।
महिला फुटबलको इतिहासमा हङकङ विरुद्ध नेपालको त्यो पहिलो बराबरी नतिजा समेत थियो । यद्यपि २ खेलबाट १ अंक मात्र जोडेकाले नेपाल समूह चरणबाटै बाहिरियो । १ खेलबाट ३ अंक जोडेको फिलिपिन्स शिर्ष स्थानमा छ । त्यस्तै आफ्नो पहिलो खेलबाट एक अंक बटुलेको हङकङ दोस्रो स्थानमा छ ।
साथै समूह एफतर्फको अन्तिम खेलका रुपमा फिलिपिन्स र हङकङ शुक्रबार आमने सामने हुनेछन् । यी दुई टोलीबीचको नतिजाले आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपमा छनौट हुने एक टोलीको टुंगो लाग्नेछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै