News प्रथम राधानगर फुटवल असोज १६ बाट
गोलनेपाल

नर्थ राधानगर फुटवल क्लव बेलबारी ८ राधानगरको आयोजनामा प्रथम राधानगर फुटवल प्रतियोगिता हुने भएको छ ।

लामोसमय पछि राधानगर खेल मैदानमा हुने उक्त प्रतियोगितामा ८ टिमको सहभागिता रहने खेल संयोजक गणेश खड्काले जानकारी दिएका छन ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार, मेडल, ट्रर्फी तथा प्रमाण पत्र प्राप्त गर्ने छन भने उपविजेताले नगद ३१ हजार प्राप्त गर्ने छन । राष्ट्रिय खेल खेलि सकेका खेलाडीहरु मैदानमा उत्रने भएकाले ७५ प्रतिशतको तयारी सकिएको छ । असोज १६ बाट २३ गते सम्म संचालन हुने प्रतियोगिताको सम्पुण खेल गोल नेपालबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

अनुमानीत १२ लाख खर्च रहने प्रतियोतिगामा स्थनिय संघ सस्था, ब्यापारी र बैदेशीक रोजगारीमा रहेका युवाहरुको सहयोगमा ५ बर्ष पछि ठुलो खेल हुन लागेको क्लवका अध्यक्ष मन कुमार गुरुङले बताए ।

प्रतियोगितामा पथरी स्पोटिङ क्लव पथरी, पन्चाइन फुटवल क्लव सुनसरी, लेटाङ फुटवल क्लव लेटाङ, नव युवा क्लव बुढिगंगा, उर्लाबारी फुटवल क्लव उर्लाबारी, चुलाचुली फुटवल क्लव झापा सहित आयोजक नर्थ राधानगर फुटवल क्लव रातो र निलोको सहभागिता रहेको छ ।

Post Comments