
काठमाडौं (एजेन्सी) । सर्वसाधारणमाथि गोली चलाई हत्या समेत गरेको आरोपमा चर्चित टर्किस फुटबलर सेजर ओजटर्कलाई पुलिसले खोजी गरिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ३५ बर्षिय सेजर सो गोलीकाण्डपछि फरार रहेको बताइएको छ ।
स्रोतका अनुसार टर्कीस शहर सिलेमा सडकमा रहेका सर्वसाधारणसँग विवाद भएपछि सेजरले गोली चलाएको बताइएको छ । रिपोर्टअनुसार त्यो घट्नामा एकको मृत्यु र चार घाइते भएको बताइएको छ । साथै त्यो घट्ना लगतै सेजर त्यहाँबाट भागेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घट्नाको एउटा भिडियो टेप पनि सार्वजनिक भएको र सो भिडियोमा गोली चलाउने सेजर नै रहेको केही सञ्चारमाध्यमहरुले बताएका छन् । तर, त्यसबारे आधिकारिक रुपमा पुष्टी भने भईसकेको छेन । साथै घट्ना लगतै स्थानीय पुलिसले सेजरको खोजी कार्य जारी राखेको समेत बताइएको छ ।
चर्चित जर्मन क्लब बायर लेभरकुसेनबाट व्यवसायीक फुटबल करियर शुरु गरेका सेजरले टर्की कै दुई चर्चित क्लब फेनरबाचे र बेसिकटासबाट समेत व्यवसायीक फुटबल खेलेका थिए ।
Sezer Ozturk reportedly opened fire on a group of people in an apparent case of road rage.
— Manuel Menacho (@MenachoManuel1) September 28, 2021
One man died, with four more injured. The 35-year-old is now on the run, with police still trying to track him down. pic.twitter.com/DWvEsMZ9gj
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय