News सहज जित निकाल्दै जे.एस.वाई.सी. फाइनलमा
गोलनेपाल

बराहक्षेत्र । जे.एस.वाई.सी. सुन्दरहरैचा मोरङ यहाँ जारी प्रथम चतरा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा जे.एस.वाई.सी.ले ग्रीन कल्चर एफसीलाई ४–१ ले हराउँदै प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।

चतरा खेलमैदानमा सम्पन्न सेमिफाइनल भिडन्तमा जे.एस.वाई.सी. का लागि सुजन मगरले १७ र ५२औं मिनटमा तथा सुजन बस्नेतले ४८ र ६७औं मिनटमा गरि २–२ गोल गरे । उता पराजित ग्रीन कल्चरका लागि एलन राईले १८औं मिनटमा एक मात्र गोल गरेका थिए ।

खेलको म्यान अफ द म्या जे.एस.वाई.सी. का सुजन मगर घोषित भए । उनलाई आयोजक चतरा फुटबल क्लबकी कोषाध्यक्ष प्रियंका राईले नगदसहित पुरस्कृत गरिन् ।

प्रतियोगिता अन्तरगत असोज १५ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल एभरेष्ट फुटबल क्लब र हाटखोला फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

चतरा फुटबल क्लब, बराहक्षेत्र–१, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५ हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १७ गतेका दिन हुनेछ । 

    

Post Comments