News लिग उपाधितर्फ अग्रसर स्पोर्टस क्यासल
उमेश पुन

पोखरा । प्रतियोगिताको शुरुवातबाटै उत्कृष्ट प्रदर्शन गरिरहेको घरेलु टोली स्पोर्टस क्यासल राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधितर्फ अग्रसर बनेको छ ।

शनिबार आठौं चरणको खेल चल्दा स्पोर्टस क्यासलले तुलनात्मक रुपमा बलियो आँकिएको फुटसल फाईभमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्यो । खेलमा स्पोर्टस क्यासलका गोलरक्षक विश्वास पौडेल म्यान अफ द म्याच घोषित भए ।

यो जितसँगै ८ खेलबाट २२ अंक जोडेको स्पोर्टस क्यासल शिर्ष स्थानमा छ । र दोस्रो स्थानमा रहेको द राइजिङ क्लब, धरानभन्दा ६ अंकले अगाडी छ । राइजिङ क्लबले शनिबार नै भएको अर्को खेलमा लुम्बिनी फुटसललाई ६–५ ले हराएको थियो ।

त्यस्तै स्पोर्टस क्यासलसँग हारेको फुटसल फाईभ १४ अंकका साथ लिगतालिकाको चौथो स्थानमा छ । त्यसैगरी शनिबार नै द राइजिङ क्लबसँग हारेको लुम्बिनी फुटसल भने ४ अंकका साथ नवौं स्थानमा छ ।

Post Comments