News सुवर्णको जितमा ओलावालेको दुई गोल
गोलनेपाल

बिजयवस्ती । अधिकांश चर्चित खेलाडीहरुलाई लिएर मैदानमा उत्रिएको सुवर्ण युवा क्लब, ठोरी–५ यहाँ जारी समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिजयवस्ती खेलमैदानमा शनिबार भएको अन्तिम प्रिक्वाटरफाइनल खेलतर्फ सुवर्णले बसन्तपुर युनाइेड, माडीलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

सुवर्णको जितमा एफिज ओलावालेले दुई गोल गरे भने थप एक गोल अडिलेजा सेमिडेले गरे । खेलमा म्यान अफ द म्याच भने सुवर्ण कै बिमल राना मगर घोषित भए । उनलाई शनिबारका प्रमुख अतिथी बाल कुमार बस्नेतले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत अब क्वाटरफाइनल खेलहरु असोज १९ गतेदेखि शुरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा हाम्रो फुटबल कलब, बिरगंज र जनशक्ति युवा क्लब, ठोरी–२ बीच हुने आयोजकले जनाएको छ ।

बिजयवस्ती फुटबल क्लब, ठोरी–४ पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज २८ गतेका दिन हुनेछ ।

Post Comments