News नेपाल यु–२३ फुटबल टोलीमा अब ३२ खेलाडी
गोलनेपाल

काठमाडौं । आगामी बर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपाली यु–२३ टोलीको सदस्य संख्या ३२ मा घटाइएको छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले शुक्रबार टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुबाट केही खेलाडीलाई बाहिर निकालेर ३२ पुर्याएका हुन् ।

स्मरणीय छ, नेपालको यु–२३ टोलीले शुक्रबार नै दशरथ रंगशालामा नेपाल पुलिस कलब विरुद्ध एक मैत्रीपुर्ण फुटबल म्याच समेत खेलेको थियो । सो खेलमा नेपाली टोली १–० ले पराजित भएको थियो ।

एएफसी यु–२३ एसियन कप छनौट खेल्न नेपाली यु–२३ टोली यसै महिना ताजिकिस्तान जाँदैछ । अक्टुबर २५ देखि शुरु हुन गईरहेको छनौट प्रतियोगितातर्फ समूह बी मा परेको नेपालले बलियो इरान, आयोजक ताजिकिस्तान र लेबनानसँग खेल्ने कार्यक्रम छ ।

प्रारम्भिक टोलीमा रहेका ३२ खेलाडीहरः

अर्पन कार्की, बिशाल सुनार, अभिषेक बराल, रोहित कार्की, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, अशिम भुषाल, रणदिप पौडल, विश्वास उदास, बिशाल बस्नेत, रोमन लिम्बु, आदिल हामिद, अशोक थापा, अनिल महर्जन, अभिषेक लिम्बु, शिव गुरुङ, नितीन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, दिपेश गुरुङ, राजिव लोप्चन, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, रितिक खड्का, मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, बुद्धबल तामाङ, एरिक बिष्ट

 

Post Comments