News मैत्रीपुर्ण म्यामा भारतद्वारा युएई पराजित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । आगामी बर्ष घरमै आयोजना गर्न गईरहेको प्रतिष्ठित एएफसी वुमन्स एसियन कपको तयारीमा रहेको भारतीय महिला फुटबल टोली युएईमा छ ।

युएई भ्रमणमा अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम अन्तरगत शनिबार भारतले घरेलु टोली युएईसँग पहिलो मैत्रीपुर्ण फुटबल म्याच खेल्यो । सो खेलमा भारत ४–१ ले विजयी समेत बन्यो ।

भारतीय टोलीका लागि अन्जु तामाङ, स्वीटी देवी, प्यारी चाचा र मनिषाले गोल गरिन् । त्यस्तै युएईका लागि सल्हाले एक मात्र सान्त्वना गोल फर्काएकी थिईन् ।

भारतीय महिला फुटबल टोलीले युएई बाहेक टुनिसिया, बहराईन र चाइनिज ताइपेईसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।

Post Comments