News उर्लाबारलाई टाईब्रेकरमा हराउदै नवयुवा बुढीगंगा सेमिफाईनलमा प्रबेश
गोपाल काफ्ले

नर्थ राधानगर फुटवल क्लव बेलबारी–८ को आयोजनामा प्रथम राधानगर नकआउट फुटवल प्रतियोगिता अन्तरगत दोस्रो खेलमा उर्लाबारि फुटवल क्लवलाई हराउदै नवयुवा क्लव बुढीगंगा दोस्रो चरणमा प्रबेश गरेको छ ।

टाईब्रेकरमा ३-२ ले पराजित गर्दै नवयुवा क्लव बुढीगंगा विजय भएको हो । खेलको दोस्रो मिनेटमा करण चौधरीको गोल मार्फत अग्रता लिएको नवयुवा बुढी गंगाले १५ औं मिनेटमा गोल खान पुग्यो ।

उर्लाबारीका लगि खेलको १५ औं मिनेटमा उमेश राईले गोल गरे । पहिलो हाफ १-१ को बराबर खेलेको दुबै टिमले दोस्रो हाफमा कुनै पनि नतिजा निकाल्न नसक्दा खेल टाईब्रेकरतर्फ धकेलिएको थियो ।

नवयुवा बुढीगंगाले एक पछि अर्को प्रहार गरे पनि स्कोर भने निकाल्न सकेन । उर्लाबारका भुषण सुब्बाले दोस्रो हाफ १५ औं मिनेटमा र उमेश राईले ३४ मिनेटमा गरेको प्रहार नवयुवा बुढीगंगाका गोलरक्षक प्रमिजय गछ्यदारले बचाएका थिए। ।

त्यस्तै खेलको अन्तिम ३० सेकेन्डमा नवयुवा बुढीगंगाका कमल खवासको प्रहार बारमा लागेर फर्किएपछि खेलको निर्णय टाईब्रेकरबाट भएको थियो ।

टाईब्रेकरमा नवयुवा क्लव बुढीगंगाका तर्फबाट शंकर चौधर, सन्देश श्रेष्ठ र कमल खवासले गोल गरे भने अजय गोस्वाम र साजन राईको प्रहार उर्लाबारका गोल रक्षक चरि लिम्बुले बचाएका थिए । त्यस्तै उर्लाबारका लागि उमेश राई र एकराज बुढाथोकिले गोल गरे । भुषण लिम्बु, संजय धिमाल र चरि लिम्बुको प्रहार प्रमिजय गछ्यदार बचाएका थिए ।

खेलको म्यान अफ द म्याच नवयुवा बुढी गंगाका सन्देश श्रेष्ठ घोषित हुदै नगद २ हजार प्राप्त गरे । भोलिको खेल लेटाङ फुटवल क्लव लेटाङ र पन्चायन फुटवल क्लव सुनसरी बिच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार, मेडल, ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजार प्राप्त गर्नेछन । प्रतियोगिताको खेलहरु गोल नेपालबाट प्रत्यक्ष प्रसारण हुदैछ ।

असोज १६ बाट २३ गते सम्म संचालन हुने प्रतियोगितामा पथरी स्पोटिङ क्लव पथरी, पन्चाइन फुटवल क्लव सुनसरी, लेटाङ फुटवल क्लव लेटाङ, नव युवा क्लव बुढिगंगा, उर्लाबारी फुटवल क्लव उर्लाबारी, चुलाचुली फुटवल क्लव झापा सहित आयोजक नर्थ राधानगर फुटवल क्लव रातो र निलो गरि ८ टिमको सहभागिता रहेको छ ।

Post Comments