News सधैका लागि विदा भए पूर्व फिफा रेफ्री खत्री
गोलनेपाल

काठमाडौं । नेपाली र अन्तर्राष्ट्रिय फुटबलमा आफूलाई लोकप्रिय बनाएका पूर्व फिफा रेफ्री लव खत्रीको आकस्मिक निधन भएको छ । ५० बर्षिय खत्रीको सोमबार निधन भएको हो ।

पारिवारिक श्रोतका अनुसार खत्री घरमै रहेको बाथरुममा अकस्मात ढल्न पुगेका थिए । लगतै उनलाई अस्पताल पुर्याइए तापनि त्यहाँ उनलाई मृत घोषित गरिएको थियो ।

सन् २०१८ मा सक्रिय रेफ्री पेशाबाट सन्यास लिएका खत्री त्यसयता रेफ्री इन्स्ट्रक्टरका रुपमा कार्यरत थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा समेत कुशल निर्णायकको भूमिका निभाएका खत्री खेलाडी तथा रेफ्री साथीहरु माझ पनि लोकप्रिय थिए ।

उता अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्व. खत्रीको पार्थिव शरीर उनको अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार एन्फा परिसरमा राखिने बताइएको छ ।

 

रेफ्री संघका महासचिव समेत रहेका स्व.खत्रीको परिवारमा श्रीमती र एक छोरा छन् ।

Post Comments