News बनशक्ति सेमिफाइनलमा प्रवेश
गोलनेपाल

बिजयवस्ती । बनशक्ति युवा क्लब, ठोरी यहाँ जारी समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो क्वाटरफाइनलमा बनशक्तिले हाम्रो फुटबल क्लब, बिरगंजलाई टाईब्रेकरमा ४–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । त्यसअघि बिजयवस्ती खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा बनशक्तिका गोलरक्षक सागर मगर म्यान अफ द म्याच चुनिए । उनलाई प्रमुख अतिथी पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले पुरस्कृत गरिन् ।

प्रतियोगिता अन्तरगत असोज २० गते बुधबारको दोस्रो क्वाटरफाइनल खेल महावीर स्पोर्टस क्लब, गम्हरिया र बिरगंज युनाइटेड, बिरगंज बीच हुने आयोजकले जानकारी दियो ।

बिजयवस्ती फुटबल क्लब, ठोरी–४ पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि असोज २८ गतेका दिन हुनेछ ।

Post Comments