News छैठौ बुढानिलकण्ठ नगरकप शुरु
गोलनेपाल

काठमाडौं । बुढानिलकण्ठ युवा समाजको आयोजनामा छैठौं बुढानिलकण्ठ नगर कप नकआउट फुटबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।

बुढानिलकण्ठ स्कुलको मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता शिवपुरी युवा क्लबले गणेश क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाईनलमा प्रवेश गर्न सफल भएको छ ।

त्यस्तै दोस्रो खेलमा लसुनटार एफसी लाई १–४ को अन्तरले पराजित गरी टिम ग्रिन क्वाटरफाईलमा प्रबेश गरेको छ । तेस्रो खेलमा बालेश्वर युथ क्लबलाई ०–४ को अन्तरले पराजित गरी तौलुङ स्पोटर्स क्लब क्वाटरफाईनलमा प्रबेश गर्यो ।

यहि असोज २८ गते सम्म चल्ने प्रतियोगितामा कुल १९ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।

प्रतियोगितामा बिहिबार चार खेल हुने आयोजक कमिटिका अध्यक्ष प्रज्ञान ठकुरीले जानकारी दिए ।

Post Comments