काठमाडौं (एजेन्सी) । लिथुआनियामा सम्पन्न फिफा फुटसल विश्वकपको उपाधि पहिलोपटक पोर्चुगलले जित्न सफल भएको छ । फाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई २–१ ले हराउँदै पोर्चुगल पहिलोपटक फुटसलमा विश्व च्याम्पियन बनेको हो ।
पोर्चुगलका लागि दुवै गोल पेनीले गरे भने अर्जेन्टिनाका लागि क्लाउडिनोले गोल गरेका थिए । फाइनल प्रवेश गर्ने क्रममा अर्जेन्टिनाले दावेदार ब्राजीललाई २–१ ले हराएको थियो भने पोर्चुगलले कजाखस्तानको चुनौति पेनाल्टी शुटआउटमा ४–३ ले समाप्त पारेको थियो ।
त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा ब्राजीलले कजाखस्तानलाई ४–२ ले हरायो । प्रतियोगिता भरि कुल ९ गोल गरेका ब्राजीलका फेराओले सर्वाधिक गोलकर्ताको पुरस्कार जित । उत्कृष्ट खेलाडी पोर्चुगलका रिर्काडिन्हो चुनिए भने उत्कृष्ट गोलरक्षक अर्जेन्टिनाका निकोलास सर्मिन्टो घोषित भए ।
फेयर प्ले टिको पुरस्कार भने सेमिफाइनलमा पोर्चुगलसँग पराजित हुन पुगेको कजाखस्तानले हात पार्यो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै