News एन्फाका कार्यसमिति सदस्य केसीलाई मातृशोक
सुरज राना मगर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय समिति सदस्य दिर्घ बहादुर केसी (कुमार) लाई मातृशोक परेको छ ।

नेपाल ओलम्पिक कमिटीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका केसीकी आमा खल कुमारी केसीको उपचार कै क्रममा ९२ बर्षको उमेरमा निधन भएको हो ।

साथै केसीकी आमाको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । शोकसन्तप्त परिवारजनप्रति बिबा मिडिया ग्रुप तथा गोलनेपाल हार्दिक समवेदना प्रकट गर्दछ ।

Post Comments