News पञ्चायन एफसी उपाधि नजिक
गोपाल काफ्ले

पथरी । पञ्चायन फुटवल क्लव सुनसरी जारी प्रथम राधानगर कप नकआउट फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । पञ्चायनले पहिलो सेमिफाइनलमा पथरी स्पोर्टीङ क्लबलाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

पञ्चायनका लागि खेलको ८औं मिनेटमा कप्तान अन्जन लिम्बुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । लगतै १४औं मिनटमा अजित चौधरीले त्यो अग्रता दोब्बर पारे । त्यस्तै दोस्रो हाफतर्फ ३३औं मिनटमा सुजन मगरले तेस्रो गोल थप्दै पञ्चायनको जित सुनिश्चित गरे ।

खेलको म्यान अफ द म्याच पञ्चायनका सन्तोष दाहाल घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आयोजक नर्थ राधानगर फुटवल क्लव, बेलबारी र नव युवा फुटवल क्लव बुढिगंगा भिड्ने आयोजकले जनाएको छ ।

राधानगर फुटबल क्लब, बेलबारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ५१ हजार, मेडल, ट्रर्फी तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज २३ गतेका दिन हुनेछ ।

 

Post Comments