News फोफोनाको ह्याट्रिकसँगै निर्मल समाज सेमिफाइनलमा
गोलनेपाल

बिजयवस्ती । निर्मल समाज युवा क्लब यहाँ जारी समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिजयवस्ती खेलमैदानमा बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा निर्मल समाजले सिमरा युनाइटेडलाई ४–२ ले हराउँदै सेमिफाइनल यात्रा तय तय गरेको हो । निर्मल समाजको जितमा अफ्रिकी खेलाडी फोफोनाले ह्याट्रिक गरे भने थप एक गोल रुपक लामाले गरे ।

उता पराजित सिमराका लागि निरज थापा मगर र समिराज थोकरले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच निर्मल समाजका ह्याट्रिककर्ता फोफोना घोषित भए । उनलाई प्रमुख अतिथी छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत असोज २२ गते शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल सुवर्ण युवा क्लब, सुवर्णपुर तथा सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब, चितवनबीच हुने आयोजकले जनाएको छ ।

बिजयवस्ती फुटबल क्लब, ठोरी–४ पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज २८ गतेका दिन हुनेछ ।

Post Comments