काठमाडौं । डिफेन्डिङ च्याम्पियन तथा आयोजक माल्दिभ्सको साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने सम्भावना कायम रहेको छ । बिहीबार राती सम्पन्न खेलमा बंगलादेशलाई २–० ले हराएपछि माल्दिभ्सको फाइनल यात्राको सम्भावना यथावत रहेको हो ।
माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा सम्पन्न खेलमा माल्दिभ्सले पहिलो हाफ बराबरी खेले तापनि दोस्रो हाफमा भने दुई गोल गर्न सफल भयो । ५५औं मिनटमा हम्जा मोहम्मदले पहिलो गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाए ।
दोस्रो हाफ मै माल्दिभ्सले पेनाल्टीको अवसर पनि पायो । जसलाई ७४औं मिनटमा अली अश्फाकले सहजै गोलमा परिणत गर्दै घरेलु टोलीको २–० को जित सुनिश्चित गरे ।
यो नतिजापछि २ खेलबाट ३ अंक जोडेको माल्दिभ्स तेस्रो स्थानमा छ र बाँकी दुई खेलमा भारत र श्रीलंकासँग खेल्न बाँकी छ । त्यस्तै ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ र उसले आफ्नो अन्तिम खेलमा नेपालसँग खेल्ने कार्यक्रम छ ।
२ खेलबाट ६ अंक जोडेको नेपाल अझै शिर्ष स्थान मै छ । त्यस्तै २ अंक जोडेको भारत चौथो स्थानमा छ भने ३ खेलबाट १ अंक सहित श्रीलंका पुछारमा छ र प्रतियोगिताबाट बाहिरिएको छ ।
दक्षिण एसियाका कुल ५ टोलीहरुको सहभागिता रहेको प्रतियोगितामा राउण्ड रोबिन लिगको खेलहरु पश्चात शिर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्ने छन् । फाइनल खेल यहि अक्टुबर १६ तारीखका दिन हुँदैछ ।
- खल्ती डिजिटल वालेटमार्फत टिकट खरिद गरेका फुटबलप्रेमीहरूले नेपाल र बंगलादेशबीचको बहुप्रतिक्षित SAFF फाइनल खेलमा सहभागी हुन सक्ने
- महिला साफ च्याम्पियनसिप: खल्ती एपबाट टिकट खरिद गर्न सकिने
- नेपाल भर्सेस भारतः लक्ष्य जित कै
- उपाधि जित्ने अडानमा भारतीय प्रशिक्षक
- नेपाल विरुद्ध भारतको जित्ने सम्भावना बलियोः अल्मुतारी